Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'पर्शुराम' होईन् विराजको फिल्म अब 'जय पर्शुराम' !

फिल्मीखबर, काठमाडौं, 2016/05/12
काठमाडौंमा भव्य कार्यक्रम गर्दै रोज राणाले आफ्नै निर्माण निर्देशन रहनेगरी 'पर्शुराम' नाममा पुराना स्टार विराज भट्टलाई कमब्याक गराउने उद्धेश्यले फिल्म घोषणा गरे । तर त्यो बेला उनले सोचेनन् अनि खोजेनन् पनि, 'पर्शुराम' नाममा फिल्म अर्कैले दर्ता गरेको छ कि भनेर । 
 
अन्ततः 'पर्शुराम' शिर्षकमा अर्कैले फिल्म दर्ता गरेको पाईएपछि विराज भट्ट स्टारर फिल्मको नाम परिवर्तन भएको छ । फिल्म अब 'जय पर्शुराम' बनेको छ ।
 
निर्माता तथा वितरक सुनिल मानन्धरको निर्माण कम्पनि श्रीराम बालाजी फिल्मस् को व्यानरमा विकास वोर्डमा रोज राणाको फिल्म 'जय पर्शुराम' नाममा दर्ता छ । मानन्धरले यो समाचारको पुष्टि गरे ।
 
 
फिल्मको करिब करिब छायाँकन सकिएको छ, जानकारीमा आए अनुसार फिल्मको एक गीत मात्र छायाँकन हुन बाँकी छ । साउन २८ लाई रिलिजको तयारीमा जुटेको फिल्ममा विराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा छन् । 
 
'पर्शुराम' शिर्षकमा भने एनआर घिमिरेले मध्य पश्चिममा आफ्नो फिल्म बनाईरहेको बताईन्छ ।
 
Most Visited News (monthly)