Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15163 - 15168 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-12-18, शुक्रवार

के तपाईं प्रेममा हराउनु भएको छ ? मनोहक दृश्यमा प्रेमका गीत गाउनु भएको छ ? छैन भने यो ट्रेलर हेरेर महशुस गर्नुस् । यो जोडीभित्र आफ्नो प्रेम खोज्नुस् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-18, शुक्रवार

यस्तो देखिदैछ, चैत्र महिना अभिनेता सविन श्रेष्ठमय हुनेछ । चैत्रमा मात्रै उनका तीन फिल्म रिलिज हुँदैछन् ।  यो महिना सविनले अभिनय गरेका ३ फिल्म चल्ने पक्का जस्तै छ । फिल्म लक्ष्यले आफ्नो फस्ट लुक सार्वजनिक गर्दै चैत्र १२ लाई मिति तोकेपछि सविन चैत्र महिनाभर हलमा देखिने भएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-18, शुक्रवार

रामकेशर बोगटीको नेतृत्वको नव निर्वा्चित चलचित्र कलाकार संघको कार्यसमितिले नयाँ निर्णय गरेको छ । जस अनुसार फिल्म निर्माण पूर्व चलचित्र विकास वोर्डबाट ईजाजत लिँदा कलाकार संघको अनुमति अनिवार्य गर्न वोर्डमा डेलिकेशन जाने भएको छ । अध्यक्ष बोगटीले यो कुराको पुष्टी गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-12-18, शुक्रवार

आकाश अधिकारी कृत फिल्म ‘के म तिम्रो होइन र’ को सम्पूर्ण छायाँकन सकिएको छ । द् स्काई मुभिज एण्ड अधिकारी ब्रदर्सको संयुक्त प्रस्तुती रहेको यो फिल्मको छायाँकन पैतालिस दिनमा सकिएको हो । भदौको अन्तिम साता देखि सुरु भएको फिल्मको छायाँकन पुषको पहिलो सातामा सकिएको निर्माता सुरेश अधिकारीले जानकारी दिए । देशमा उत्पन्न असहज परिस्थितिका बाबजुद पनि फिल्मको छायाँकन काठमाण्डु देखि  र रमणीय क्षेत्र मुस्ताङसम्म गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-12-17, बिहिवार

 गत शनिबार सम्पन्न चौधौं साधारणसभाबाट निर्वाचित चलचित्र कलाकार संघको नयाँ कार्य समितिले पूर्णता पाएको छ । बिहीबार संघको कार्यालयमा बसेको बैठकले बिधान अनुसार नियुक्त गर्न पाउने संरक्षक सहित एक उपाध्यक्ष तथा तीन सदस्य पदमा नयाँ सदस्य नियुक्त गर्दै समितिलाई पुर्णता दिएको हो ।

एजेन्सी, मुम्बई, 2015-12-17, बिहिवार

गुगल सर्चका आधारमा बर्ष २०१५ मा भारतमा सन्नि लियोन सर्वा्धिक खोजी गरिएकी व्यक्ति बनेकी छिन् । एक अनुसन्धानका अनुसार सन्निले बलिउड सुपरस्टार सलमान खान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै पहिलो स्थान कब्जा गरेकी हुन् ।

Results : 15163 - 15168 of 23747
Most Visited News (monthly)