Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15169 - 15174 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-12-17, बिहिवार

मह (मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) लाई हेर्न र सुन्न अब न स्टेज पुग्नुपर्छ । न रेडियोको कान बटार्नु पर्छ । न त टेलिभिजनमा समय र बार नै कुर्नुपर्छ । दर्शकले अब आफ्नो अनुकुल समयमा महलाई सजीलै देख्न सक्छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-17, बिहिवार

फागून २१ गतेको भिडन्तलाई लिएर अहिले फिल्म क्षेत्रमा पनि चर्चा छ । यो मितिमा अभिनेता भूवन केसीको फिल्म ‘ड्रिम्स’ र निर्देशक दिनेश डीसीको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ एकसाथ लाग्दैछन् । मेकिङ र ब्यानरका हिसाबले यी दुबै फिल्म ठूला छन् । उसो भए, यी दुईको भिडन्तले कसलाई कति असर गर्ला त ? निर्देशक दिनेश डीसीलाई भूवन केसी आफूसँग भिडन्त गर्न आएको ठम्याई छ ।

फिल्मीखबर, काठमाडौं, 2015-12-17, बिहिवार

फिल्म ‘साइनो’को निर्माण हुने क्रममा अभिनेता राजेश हमाल दिल्लीमा थिए । दिल्लीमा रहेर उनले मोडलिङ र अध्ययनलाई अगाडि बढाइरहेका थिए । सोही समयमा उनको भारतको एक चर्चित पत्रिकामा समाचार पनि छापिएको थियो । हमाल नेपाल आएको समयमा उनीसँग ‘साइनो’ फिल्मको निर्माण कम्पनीले भेट गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-12-17, बिहिवार

दर्शक तथा फिल्मकर्मीमाझ लोकप्रिय अभिनेत्री केकी अधिकारीको बिहीबार जन्मदिन परेको छ । पछिल्लो समयकी व्यस्त केकीले राजधानीमा आफ्नो जन्मदिन मनाउँदै छिन् । 

फिल्मीखबर, काठमाडौं, 2015-12-17, बिहिवार

काठमाडौं, गतवर्षसम्म कला क्षेत्रका महानायक राजेश हमाल र गायन क्षेत्रका राजेशपायल राई उमेर घर्कंदा पनि विवाह नगरेकै कारण चर्चामा थिए । तर नायक राजेशले वैवाहिक जिवन थालेपछि गायक एक्लो बनेका छन् । बुधबार अनलाइन पोर्टल सेतोपर्दा डटकमको सार्वजनिकमा निम्त्याइएका दुवै राजेशबीच विवाहकै प्रसंगले चर्चा पायो । निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले दुवैबीच अन्तक्र्रिया चलाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-12-17, बिहिवार

गत शुक्रबार दुई नेपाली फिल्म रिलिज भए । अन्य हप्ता कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आउँदा व्यापक हल्लीखल्ली हुन्थ्यो । प्रचारको हानथाप हुन्थ्यो, तर यो पटक त्यस्तो भएन् । कम पब्लिसिटी तथा बिना हल्लीखल्ली हलमा आएका यी दुई फिल्म रिलिजले हल पनि सुनसान देखिए । ’लाटी’ र ’अग्नि’मा भन्दा दर्शक यसअघि नै रिलिज भएका अन्य फिल्ममा देखिए ।

Results : 15169 - 15174 of 23747
Most Visited News (monthly)