Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15187 - 15192 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-02-14, आईतवार

बैशाख १७ बाट प्रदर्शनमा आउने फिल्म 'जंगे'को अफिसियल गीत सार्वजनिक भएको छ । गीत हेर्दा दक्षिण भारतिय फिल्मको कोरियोग्राफी झल्किन्छ । 'फास्ट ट्रयाक'को गीतमा अभिनेता सुरजसिंह ठकुरी र अभिनेत्री दीपशिखा शाही फिचरिङमा छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-14, आईतवार
शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म 'प्रेमगीत' र 'क्लासिक'को दुई दिनको कलेक्शन सार्वजनिक भएको छ । बितरक कम्पनि तथा निर्माण युनिटले दिएको जानकारी अनुसार यी दुई फिल्मको कलेक्शन शुक्रबार भन्दा शनिबार झण्डै तेब्बर राम्रो छ । अर्को फिल्म 'चलेछ बतास सुस्तरी'को भने कलेक्शन प्राप्त छैन् ।
फिल्मीखबर, काठमाडौं, 2016-02-13, शनिवार

हाँस्य कलाकार दिपाश्री निरौला निर्देशक रहने गरी दिपकराज गिरी तथा दिपाको टिमअपको नयाँ फिल्म 'लप्पन ६प्पन' निर्माण घोषणा गरिएको छ । सरस्वती पूजाको अबसर पारेर निर्माता रहेका दिपकले सामाजिक सञ्जालबाट यो कुराको सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-13, शनिवार

यो हप्ता प्रदर्शनमा आएका तीन फिल्म मध्ये दुई फिल्मको बिजनेश आक्रामक रहँदा अर्को फिल्म 'चलेछ बतास सुस्तरी'ले भने हल पनि धेरै पाउन सकेन् । काठमाडौं तथा मोफसलका गरेर एक दर्जन जति मात्रै हलमा प्रदर्शनमा आएक यो फिल्ममा दर्शकको साथ मध्यम छ ।

फिल्मीखबर, काठमाडौं, 2016-02-13, शनिवार

शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये 'प्रेमगीत' र 'क्लासिक'ले शनिबार दर्शकको राम्रो साथ पाएका छन् । काठमाडौं सहित मोफसलमा अधिकांश हलमा दर्शक उर्लिए । दुबै फिल्मले बिहानी तथा दिवा शो मा हाउसफुल बिजनेश गर्दा सांझको शो मा पनि दर्शकले उत्तिकै साथ दिएका छन् ।

एजेन्सी, मुम्बई, 2016-02-12, शुक्रवार
 
तर उनी अर्को च्यानल सोनीबाट आउँदै गरेको खबर बाहिरिएक केहि दिनमा नै नयाँ समाचार आएको छ कि, कपिलको शो मा सबै भिडियो युट्युवबाट पनि हटाईएको छ । कलर्स च्यानलले उनको कार्यक्रमको सबै भिडियो डिलिट गरको समाचार बलिउड मिडियाले लेखेका छन् ।
Results : 15187 - 15192 of 24018