Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीर शाहले घोषणा गरे 'एक्स पार्क', कलाकारमा संभावना कसको ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/13
भेट्रान निर्माता तथा निर्देशक नीर शाहले नयाँ प्रोजेक्ट 'एक्स पार्क' निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा आईरहेको विभिन्न खबरको बारेमा फिल्मीखबरले राखेको जिज्ञाशामा शाहले आफ्नो निर्माणमा बर्ष २०७३ भित्रै नयाँ फिल्म बन्ने पुष्टि गरे । 
 
 
यो फिल्ममा उनी निर्माता मात्र हुनेछन् भने निर्देशनको जिम्मा आफ्ना पछिल्ला तीन फिल्ममा मुख्य सहायक निर्देशक रहेका परिच्छेद सेनलाई दिनेछन् । फिल्मको कथा पछिल्लो पुस्ताका चर्चित लेखक उपन्यासकार अमर न्यौपानेले लेख्नेछन् । 
 
'सेतो धर्ती' लेखक न्यौपानेको फिल्ममा भने यो फिल्मबाट डेब्यू हुनेछ । 'विषयवस्तु सुन्दर छ, सुन्दर कल्पनालाई फिल्ममा उतार्नको लागी अमर न परिच्छेदको मुख्य भूमिका रहनेछ, परिच्छेदले सुनाएको कन्सेप्ट उत्कृष्ट लागेर लगानी गर्न तयार भएको हुँ, शाहले भने । 
 
आफु प्रायः ईतिहास अनि कालखण्डसँग जोडिएको विषयमा मात्र फिल्म बनाउन तयार हुनुको पछाडि त्यसप्रकारको विषयप्रतिको आफ्नो चाह,प्रेम र लगाब भएको बताए । फिल्ममा धेरै नयाँ र केहि पुराना कलाकारहरुको समिश्रण रहने समेत शाहले खुलाए ।
 
अ'हिले कलााकर छान्न भन्दा पनि कथा बलियो बनाउनेमा हाम्रो सोच  छ, नाम चलेका कलाकार भन्दा पनि नयाँ कलाकार पहिलो प्राथमिकतामा हुनेछन्' शाहले भने । 
Most Visited News (monthly)