Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जापानको फुकुओका पुग्दै अनमोल र श्रृष्टि

फिल्मीखबर, काठमाडौं, 2016/05/15
नेपालसँगै एकसाथ विदेशमा विभिन्न शहरहरुमा समेत प्रदर्शको तयारीमा रहेको स्टार अभिनेता अनमोल केसी र पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ स्टारर फिल्म 'गाजलु'को जापान प्रदर्शनी पनि पक्का भएको छ ।
 
जेठ २८ अर्थात जुन १० तारिखमा नेपाल रिलिज हुने फिल्मको जापानको फुकुओकामा जुन २५ मा विशेष प्रदर्शनी हुने भएको हो । शो मा अनमोल र श्रृष्टि दुबैजनालाई उपस्थित गराउने योजना आयोजकले राखेको छ ।
 
जापानमा रहेका नेपालीहरु बीचको सकृय संस्था युथ ह्याण्ड एसोसियनले हेमराज बिसी निर्देशित 'गाजलु' को उक्त शो आयोजना गर्नेछ । 'गाजलु'को जापान प्रदर्शन अधिकार भने 'ओम सान्ति ओम इन्टरनेन्टमेन्टले लिएको हो ।
 
खासगरि नेपाली सिने बजारमा मेकिङ् स्टार र चर्चा पाएका सिनेमा विदेशमा रहेका दर्शकलाई पनी देखाउ भन्ने उद्धेश्यका साथ फिल्मको शो गर्न लागिएको आयोजकको तर्फबाट विकास प्रधानले जानकारी दिए । 
 
 व्यस्तता सगैं बचेको केही समय मानोरन्जनात्मक तवरबाट बिताउन का लागी बिदेशमा नेपाली सिनेमा को शो ले खास भुमिका खेल्ने समेत उनको तर्क छ  । गाजलु प्रदर्शन सफल भए प्रत्येक बर्ष उत्कृष्टताको हिसाबले कम्तिमा ४ सिनेमा रेगुलर प्रदर्शन गरिने आयोजकले बताएको छ । 
 
रोहित अधिकारी निर्मित फिल्मको यहि  मे २९ मा लण्डनमा वर्ल्ड प्रिमियर हुँदैछ । 'गाजलु'मा अनमोल र श्रृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान लगायत लिड रोलमा छन् ।
(जापानबाट रंगपत्रकार सचिन आचार्यको सहयोगमा)
Most Visited News (monthly)