Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

'गाजलु' रंगीन गीत रिलिज, छाईन मेनका पनि (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/06/02
यहि जेठ २८ बाट रिलिजको तयारीमा रहेको बर्षकै प्रतिच्छित फिल्म मध्येको एक 'गाजलु'को होलीवाला रंगीन गीत रिलिज भएको छ । सार्वजनिक गीतमा फिल्ममा सबैजसो लिड कलाकार फिचरिङमा छन् ।
 
 
सार्वजनिक गीतमा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान ऋतिक शाही लगायत सबैजसो योङ्ग स्टार अटाएका छन् । यसअघि सार्वजनिक गीतमा अनमोल र सृष्टि मात्रै छाएका थिए । सार्वजनिक गीतमा शब्द तथा संगीत जैन जेको छ भने स्वर सिवानी मोक्तानको छ ।
 
रिलिजको दिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई व्यापकता दिईरहेको छ भने पछिल्ला केहि दिनयता मिडियाहरुमा 'गाजलु' छाईरहेको छ । रोहित अधिकारीको निर्माण रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हु्न ।
 
फिल्मको केहि दिन पहिले मात्रै लण्डनमा गरिएको वर्ल्ड प्रिमियरबाट फिल्मले निकै राम्रो तारिफ भेटेको छ भने सेन्सर वोर्डबाट पनि बिना कुनै दृश्य तथा संवादको छाँटकाँट सहित युनिभर्सल सर्टिफिकेट पाईसकेको छ । 
 
पछिल्लो पुस्ताका निकै रुचाईएका तथा चर्चित अनि स्टारडम बोकेका युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि जोडिएकै कारण पनि फिल्म चर्चामा छ भने पुर्व कुमारीको कथा उठाएको कारण पनि धेरैको कौतुहलताको विषय बनेको छ । 
Most Visited News (monthly)