दर्जनौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको , देश विदेशबाट वाही वाही कमाएको फिल्म 'कालोपोथी' मा नाम चलेको पात्र को छ भनेर खोज्ने हो भने पक्कै पनि पहिलो नम्बरमा वेनिशा हमाल आउँछिन् । 'स्वर' डेब्यू यी हिरोईन् फिल्ममा एक सिक्षिकाको भुमिकामा छिन् ।

फिल्मको पात्र सुहाउँदो ड्रेसअप खोज्दैजाँदा फिल्मको बुधबार भएको प्रिमियरमा वेनिशा साडीमा प्रस्तुत भईन् । पहेंको साडीमा सजिएकी वेनिशा प्रिमियरमा आकर्षणको केन्द्र पनि बनिन् ।

फिल्ममा केहि सोझी सँगै बोल्ड दृश्यमा रहेकी वेनिशाको अभिनय भने साँच्चिकै बोल्छ । एक दृश्यमा वेनिशाले 'लिप किस' समेत दिएकी छिन् ।




