नाजिर हुसैन, नम्रता श्रेष्ठ र अभय बराल लिड रोलमा रहेको फिल्म 'गाँठो'ले सोलो रिलिज खोज्दै 'छक्का पञ्जा'सँगको भिडन्तबाट हात झिक्दै रिलिजमिति भदौ ३१ लाई पु्र्यायो । तर यो मितिमा पनि फिल्म एक्लै रिलिज नहुने भएको छ । आर- आर फिल्मस् ले वितरण गर्नेगरी सोही मितिमा फिल्म 'ड्राईभर दाई' रिलिज हुने पक्का भएको हो ।

वि.एस. वलामी निर्देशित फिल्मलाई कमेडी प्लस एक्शन जनरामा राखिएको छ । फिल्ममा किशोर खतिवडा लिड रोलमा छन् । फिल्मको फर्स्टलुक्स पोस्टर सार्वजनिक गर्दै निर्देशक वलामीले फिल्म रिलिज फाईनल भएको जानकारी दिए ।
अनामनगर स्थित एनबी स्टुडियोमा पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मको सम्पादनलाई अन्तिम रुप दिनमा अहिले निर्माण टिम व्यस्त छ । केहि दिन पछि नै गीत तथा ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई अगाडी बढाउने निर्देशक वलामीले बताएका छन् ।

