Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

साउने झरीमा बर्सेलान् बिराज ? बहसमा एक्शन हिरोको कमब्याक

फिल्मीखबर, काठमाडौं, 2016/06/03
पुराना अभिनेता बिराज भट्टको कमब्याक सहित आउन लागेको फिल्म 'जय पर्शुराम'को छायाँकन करिब अन्तिम अवस्थामा छ । गीत बाहेक अन्य प्रायः सबै दृश्य खिचिसकिएको फिल्म बर्ष २०७३ को प्रतिच्छित मध्येको एक हो । 
 
रोज राणाको निर्माण तथा निर्देशन रहेको फिल्म श्रावण २८ मा आउने पक्का हुँदैगर्दा बिराजको कमब्याक अनि रोजको डेब्यू निर्देशन कति चम्केला त्यो चर्चा गर्न लायक विषय छ । 
 
पछिल्लो चार बर्ष पहिले नेपाली फिल्म गरेका बिराज त्यसपछि भोजपुरीमा संभावना खोज्न हिँडेका थिए । पैसा पनि हुने एक्शन अभिनेताले राम्रो काम पनि पाउने, त्यसपछि बिराजले केहि समयलाई नेपाली फिल्म बिर्से, तर अक्कल झूक्कल काठमाडौं आउँदा भन्न बिर्सेनन्, म नेपाली फिल्ममा छिट्टै फर्किन्छु । 
 
त्यो दिन अहिले आएको छ, बिराज फर्केका छन्, तर कमब्याकमा आएको उनको पर्शुराम अबतारलाई दर्शकले कति साथ दिन्छन् त्यो सबै रोजले कस्तो फिल्म बनाउँछन् मा भर पर्नेछ । तर बिराजको स्टारडम स्थिर छ भने पक्का पनि पहिलो दुई दिन फिल्मको बिजनेशलाई रोजले कस्तो फिल्म बनाए भन्ने हिसाबको अर्थ खोज्नुपर्दैन् ।
 
निखिल उप्रेतीको जस्तो सफल कमब्याक बिराजको होला ? 'पर्शुराम' पछि पनि दर्शकले बिराज खोजिरहने अबस्था आउला ? यो सबै प्रश्नको उत्तर पक्का पनि साउन अन्तिममा मिल्नेछ ।
Most Visited News (monthly)