Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा 'कालोपोथी' भर्सेज अर्चना

फिल्मीखबर, काठमाडौं, 2016/06/03
फ्रईडे रिलिज अन्तर्गत यो हप्ताको लागी 'कालोपोथी' र 'छेस्को' प्रदर्शनमा आएका छन् भने बलिउडको प्रतिच्छुत फिल्म 'हाउफूल ३' पनि प्रदर्शनमा आएको छ । 
 
विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी तथा पुरस्कृत फिल्म 'कालोपोथी' निकै रुचाईएको फिल्म हो । फिल्मको केहि दिन पहिले राजधानीमा सम्पन्न प्रिमियरबाट निकै सुखद प्रतिकृया पनि मिलेको छ । मिनबहादुर भाम निर्देशित फिल्ममा वेनिशा हमाल, खड्कराज नेपाली र शुक्रराज रोकाया लिड रोलमा छन् । 
 
'कालोपोथी'लाई मल्टिप्लेक्स तार्गेटेड मानिएको छ । सिंगल थियटरमा भन्दा पनि यो फिल्म हेर्ने दर्शक मल्टिप्लेक्समा देखिने आशा बढि गर्नसकिन्छ । 'क्युएफएक्सले यो फिल्मलाई ६ शो दिएको छ ।
 
त्यस्तै पोर्न स्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरु स्टारर फिल्म 'छेस्को' पनि प्रदर्शनमा आएको छ । फिल्म बनेको डेढ बर्षपछि यो फिल्मका केहि दृश्य र गीत पुनः छायाँकन गर्दै अर्चनालाई निर्देशक सुरेश थापाले घुसाएका थिए । त्यसपछि अर्चनालाई लिड अबिनेत्री भन्दै प्रचार गरिएको छ ।
 
करण क्रेजी, अर्चना र राजन कार्की अभिनयमा रहेको फिल्मलाई सुनिल मानन्धरले वितरण गर्दैछन् । यस्तै अक्षयकुमार स्टारर 'हाउसफुल ३' भने नेपाली मल्टिप्लेक्सको लागी प्रतिच्छित मध्येको एक फिल्म हो । 
Most Visited News (monthly)