Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मल्टिप्लेक्समा बम्पर, थाहा पाउनुस 'कालो पोथी' तीन दिने कलेक्सन

फिल्मीखबर, काठमाडौं, 2016/06/06
विदेशका विभिन्न फिल्म फेस्टिभलमा सहभागी तथा पुरस्कृत फिल्म 'कालोपोथी'ले नेपाली मल्टिप्लेक्समा बम्पर विजनेस गरेको छ । फिल्मले पहिलो विकेण्डमा विदेशी फिल्मलाई समेत उछिनेको बताईन्छ । 
 
मल्टिप्लेक्समा मात्र रिलिज फिल्मले पहिलो तीन दिनमा ४० लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनि पपकर्न पिक्चर्सका तर्फबाट माधव वाग्लेले जानकारी दिए ।
 
'मल्टिप्लेक्सको विजनेसले उत्साहित बनाएको छ, दैनिक रुपमा शो हरु थपिईरहेको छ, अर्को हप्ताबाट सिंगल थियटरमा पनि प्रदर्शन हुँदैछ', वाग्लेले भने ।  
 
गत बिहिबार राजधानीमा गरिएको प्रिमियरबाट पनि फिल्मले निकै राम्रो प्रतिक्रिया पाएको थियो । माओवादी जनयुद्धकालमा मुगु जिल्लाको एक गाउँका दुई वालकहरुमा परेको प्रभावको कथालाई फिल्मले बोल्छ ।
 
मिनबहादुर भाम निर्देशित फिल्ममा वेनिशा हमाल, शुक्रराज रोकाया र खड्कराज नेपाली लिड रोलमा छन् ।
Most Visited News (monthly)