अभिनेत्री गरिमा पन्त, वैवाहिक सम्बन्ध गाँसेयता युोपमा छिन् । तर उनले अभिय गरेको पछिल्लो फिल्म 'तीनघुम्ती' भने रिलिजको संघारमा छ । विदेशमा विभिन्न शहर तथा गत बर्ष राजधानीमै पनि गरिएको प्रिमियरबाट फिल्मले राम्रो दर्शक प्रतिक्रिया पाएसँगै निर्माण टिम सार्वजनिक प्रदर्शनको लागी जुटेको हो । फिल्म असार १७ बाट दर्शकमाझ आउँदैछ ।
कर्मा प्रोडक्शनको तर्फबाट बनेको फिल्मका अहिले केहि प्रचार सामग्री सार्वजनिक छन् । सार्वजनिक सामग्रीले नै अभिनेत्री गरिमाको 'झोला' फिल्मपछिको अर्को उत्कृष्ट अभिनय 'तीनघुम्ती'मा समेटिएको आशा गर्नसकिन्छ ।
ट्रेलर र गीतमा गरिमाको अभिनयतारिफगर्न लायक छ, त्यसो त दिवंगत पुर्व प्रधानमन्त्री सुशिल कोईरालाले समेत यो फिल्म हेरिसकेपछि गरिमाको फ्यान बनेको बोलेका थिए ।
बाबुराम ढकाल निर्देशित फिल्ममा गरिमासँगै ध्रुबदत्त र सुशान्त कार्की लिड अभिनयमा छन् ।

