पोर्न स्टार बन्छु भन्दै हिडेकी अर्चना पनेरु अभिनित फिल्म 'छेस्को'लाई दर्शकले नपत्याएको रिपोर्ट प्राप्त भएको छ । पोस्टरमा नाङ्गो तस्बिर देखाएर फिल्म चलाउन खोज्ने 'छेस्को' टिम असफल भएको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म 'कालो पोथी' र 'छेस्को' मध्ये 'कालो पोथी'को व्यापार राम्रो भएको छ। कर्णालीको मौलिक कथामा आधारित यो फिल्मले दर्शकहरुको मन सजिलै जितेको छ।
नाङिएर फिल्म हिट हुन्छ भन्ने ठानेर आफ्नो डिमाण्ड बढेको ठानेकी स्वघोषित पोर्न स्टार अर्चनाको सपना यतिबेला 'छेस्को'को व्यापारिक रिपोर्टले तुहाएको छ ।
अर्चनाकै अभिनय रहेको अर्को फिल्म 'जिस्म' पनि प्रदर्शनको तयारीमा रहेको छ। उनको दोस्रो फिल्मले अर्चनालाई कुन मोडमा पुर्याउने हो हेर्न बाँकी छ ।

