Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसीले पाए २५ लाख क्षतीपूर्ती !

मञ्जु गैरे, काठमाण्डौ, 2016/06/04
अभिनेता भुवन के सी निर्मित एबं निर्देशित फिल्म 'ड्रिम्स' केही समय अगाडी पाइरेसी भएको थियो । हाइलाईट्स नेपालका दुई कर्मचारीबाट फिल्म 'ड्रिम्स' पाइरेसी भएको कुरा प्रमाणित भएको छ।
 
पाइरेसीमा संलग्न ब्यक्ति बिधान गुरुङ र उनैका साथी चन्द्र नागाजुलाई प्रहरी हिरासतमा राखेको छ । हाइलाइट्सले 'ड्रिम्स'को युट्युव र भिसिडी राइट्स १४ लाखमा किनेको थियो । विदेश प्रदर्शन पछि मात्र युट्युव र भिसिडीमा निकाल्ने सहमति भए पनि 'ड्रिम्स'को मास्टर कपी नै हाइलाइट्स कर्मचारीबाट पाइरेसी भएको हो । 
 
'ड्रिम्स' पाइरेसी भए लगत्तै निर्माता भुवन केसीले १ करोड क्षतिपुर्ती पाउँ भनेर अदालतमा मुद्दा दायर गरेका थिए। 'ड्रिम्स' पाईरेसी प्रकरणमा प्राप्त पछिल्लो अपडेट अनुसार निर्माता भुवन केसी र हाइलाईटस बिच सहमती भएको छ।
 
१ करोड क्षतिपुर्ति दिनुपर्छ भनेर अडान राखेका भुवन केसीलाई हाइलाइट्सले २५ लाखमा नै सहमतीमा ल्याएको खबर बहिरिएको हो । भलै भुवनले एक करोड पाएनन् तर उनले रोजेको कानुनी उपचारले केही फाईदा भने पुर्‍याएको छ ।  
 

Most Visited News (monthly)