Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

'हाउसफूल ३'को आक्रमक सुरुवात, यस्तो छ दुई दिने कलेक्शन

एजेन्सी, मुम्बई, 2016/06/05
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'हाउसफूल ३' ले आक्रामक सुरुवार गरेको छ । अक्षयकुमार, रितेशदेशमुख, अभिषेक बच्चन अनि ज्याक्लिन फर्नान्डेज स्टारर फिल्म बर्ष २०१६ को विकेण्डमा सबैभन्दा बढि कमाउने फिल्म पनि बन्ने पक्का भइसकेको छ । 
 
पहिलो दिन १५ करोड २१ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन १६ करोड ३० लाखको नेट बिजनेस गरिसकेको छ । दुई दिनको नेट कलेक्शन ३१ करोड ५१ लाख पुगिसक्दा आईतबारको विजनेसलाई लिएर थप उत्सुकता निम्त्याएको छ । 
 
आईतबार भारतमा विदा पर्ने भएकोले पनि विदाको दिन फिल्मले कम्तिमा १८ करोड माथीको विजनेस गर्ने अनुमान लगाउन सकिन्छ । यो हुँदैगर्दा पहिलो विकेण्ड कलेक्शन नै फिल्मको ५० करोड माथी हुनेछ ।
 
साजिद नाडियाला निर्मित तथा निर्देशित फिल्म करोड क्लबमा पुग्ने आशा गरिएको छ ।
Most Visited News (monthly)