
भारतमा फिल्म स्टार तथा क्रिकेटरहरुको जस्तो स्टारडम अन्य विधामा संलग्न व्यक्तिहरुको पाईंदैन् । भनिन्छ, जसले कसैलाई मान्छ, उसले संवन्धित व्यक्तिको दैनिकीलाई फलो गर्नसक्छ । यस्तै भएको छ बलिउड स्टारहरुलाई । नाम चलेका व्राण्डहरुको एम्बेस्डर बनेर विज्ञापन खेल्ने वलिउड स्टारहरुलाई दिल्ली सरकारले नजर अञ्दाज गर्दै गलत सन्देश फैलाउने विज्ञापनमा नदेखिन आग्रह गरेको छ ।

‘लुट’ फिल्मका हाकु काले उर्फ सौगात मल्ल, त्यसयता दर्जनौं फिल्ममा देखिए । दुर्भाग्य भनौं या बिडम्बना उनका कमै फिल्म सफल फिल्मको सुचीमा पर्छन् । ‘लुट’ले कमाल गरेर पर्दामा हिट हाकुले त्यसपश्चात अहिलेसम्म पनि क्रेडिट पाउने गरी हिट फिल्म दिन सकेका छैनन् । फिल्म चल्दा पनि उनी छायाँमा परे अनि नचल्दा पनि कति ठाउँमा दोष नै पाए ।

नेपाली फिल्म वा मोडलिङमा व्यस्त हुने अभिनेत्री तथा मोडल जब, बिहे गर्ने सोचमा पुग्छन् । उनीहरुको रोजाइमा नेपालका युवक भन्दा विदेशी युवा पर्छन् । पछिल्लो समय अभिनेत्रीको विवाहले यही सत्य उजागर गर्छ ।

मिस नेपाल आयोजक हिडन ट्रेजरले आइतबार मात्र नयाँ मिस नेपालका लागि आवेदन खुला गरेको छ । संयोग हो कि यो मौसम नै मिस नेपालको हो पूर्व मिस नेपाल माल्भिका सुब्बा आमा बन्न लागेको खबर सेलाउन नपाउँदै अर्की मिस नेपालले पनि आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छिन् ।

लगानी उठाएको भनिएको 'भूलभूलैया' फिल्म बाहेकको बिजनेश असफल हुँदा यो बर्ष रिलिज फिल्ममा पनि हबिगत उस्तै भयो । तर पछिल्लो रिलिज फिल्मले भने उनलाई केहि राहत दिएको छ । फिल्म 'काफल पाक्यो'मा समावेश जीवनको कमेडी अभिनय अहिले चर्चामा छ ।

गत बर्ष नै रिलिज हुने भनिएको आर्यन सिग्देल अभिनित फिल्म ‘आबेग’ बर्ष २०७२ को जेठमा रिजिल हुने भनिएपनि भूकम्पका कारण हलमा आएन् । यो बीचमा निर्माण टिम गुमनाम बस्दा फिल्म रिलिज नै नहुने त होईन् भन्ने आँकलन समेत गरिएको थियो । तर अब आबेग पर्दामा आउने भएको छ ।

