मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउनमा झिल्केले सुन्तली भगाउने

फिल्मीखबर, काठमाडौं, 2016/06/26

आर वि मुभिजको प्रस्तुतीमा बनेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ यहि साउन २१ गते बाट देश भर प्रदर्शन थाल्ने भएको छ । शुद्ध नेपाली कथामा आधारित फिल्मको प्रस्तुति भने हास्य परक रहेको आइतबार बागबजारमा आयोजित कार्यक्रममा जानकारी गराइयो । 

 

बागबजार स्थित सिटी म्याक्स हलमा गरिएको पत्रकार सम्मेलनमा चलचित्र भित्र आबद्ध भएका कलाकारहरु आ–आफ्नै पात्रको भेषभुषामा प्रस्तुत भएका थिए । ऋषि राज आचार्यको निर्देशनमा बनेको उक्त चलचित्रलाई स्वयम् आफैले निर्माण गरेका हुन् भने फिल्ममा  सुशान्त कार्की, शिशिर भण्डारी, सुर्जनी केसी,सुुशिल सिटौला आदि कलाकारहरुको अभिनय रहेको छ  ।

फिल्ममा सम्बद्ध सबै कलाकारले फिल्म राम्रो बनेको र यसले आफ्नो करिअरलाई नयाँ उचाईदिने विश्वास व्यक्त गरे । त्यसैगरी निर्देशक ऋषिराज आचार्यले पनि फिल्म मौलिक रहेको बताउँदै फिल्मबाट दर्शकले मनोरन्जनसँगै सन्देश पनि ग्रहण गर्न सक्ने दाबी गरे ।  फिल्ममा काली प्रसाद बाँस्कोटाले  संगीत दिएका छन् ।