Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15037 - 15042 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-03-29, मंगलवार

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म भन्दा उनको नै लगानी समेटिएको फिल्म 'कोहिनुर'ले गत वर्ष उल्लेख्य बिजनेश गर्यो । रिलिजको क्रममा फिल्म रहँदा नै श्रीकृष्णको असामयिक निधनको 'सिम्प्याथी' अनि निर्देशक आकाश अधिकारीले दर्शकले रुचाउने फिल्म बनाएपछि 'कोहिनुर' हेर्न हलमा दर्शक उर्लिए ।

फिल्मीखबर, काठमाण्डौ, 2016-03-29, मंगलवार
निर्माण ईजाजत माग्दै चलचित्र विकास वोर्ड जाँदा वोर्डले 'गाँजाबाजा' नाम दर्ता गर्न नमानेपछि निर्देशक गणेशदेव पाण्डे निकै तनाबमा छन् । लागु औषधसँग जोडिएको नाम फिल्ममा राख्न नमिल्ने भनेर 'गाँजाबाजा' दर्ता गर्न नमानेपछि निर्देशक पाण्डेको सुटिङ सकिएको फिल्म अलपत्र परेको छ । 
 
फिल्मीखबर, हङकङ, 2016-03-29, मंगलवार

फिल्म ‘वीर विक्रम’को हङकङमा प्रिमियर गरिएको छ । मिलन चाम्स निर्देशित यस फिल्मको हङकङको युएन लङ थिएटरमा प्रिमियर गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2016-03-29, मंगलवार

आउँदो शुक्रबार अर्थात चैत्र १९ मा 'जन्मभूमी' नामक फिल्म रिलिज हुँदैछ । एक बर्षजस्तो पहिले फिल्म रिलिज हुने भनिएता पनि अनेकन कारण देखाउँदै निर्माण टिम बल्ल फिल्म रिलिजको लागी तयार भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-28, सोमवार

नेपाली मौलिकपना, परम्परा, संस्कृति र सभ्यताको शान प्रति गर्ब गराउने फिल्म भनिएको 'उहिले बाजेका पालामा' रिलिजको लागी तयार भएको छ । यसअघि बर्ष ०७२ मै रिलिज हुने बताईएपनि फिल्म अब दुई सेडुयलमा अर्को बर्ष बैशाख र जेठमा रिलिज हुने भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-28, सोमवार
बैशाख १७ बाट रिलिजको तयारीमा रहेको फिल्म रोल्पा रोगको रिलिज मिति एक साता पछाडि सरेको छ । नयाँ रिलिज मितिअनुसार फिल्म अब बैशाख २४ गतेबाट देशब्यापी प्रदर्शनमा आउनेछ । 
Results : 15037 - 15042 of 24018