मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सुरज सुब्बाको छोरा निर्देशक छोरी मोडल

फिल्मीखबर, काठमाण्डौ, 2016/06/25
चर्चित निर्देशक सुरज सुब्बा 'नाल्बो'का छोरा निर्देशक बनेका छन् । छोरा योदिन लिम्बु 'नाल्बो'ले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । योदिनले निर्देशन गरेको म्युजिक भिडियोमा सुरजकी छोरी लाजिमा लिम्बुले अभिनय गरेकी छिन् ।
 
 
'सायद' फिल्ममा सुरज सुब्बाको सह-निर्देशक भएर योदिनले आफ्नो लक्ष्यको बाटो कोरेका थिए । निर्देशक भएर चिनिन चाहने योदिनले सुरजका प्राय सबै फिल्ममा सहायक निर्देशक भएर काम गरेका छन् । यसपटक भने उनले आँफैले म्युजिक भिडियो निर्देशन गरेका हुन् ।   
 
 
'अनमोल' नामक एल्बममा रहेको बिरेन्द्र हाङ लावुङ लिम्बुको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत र जगदिश समालको स्वर रहेको प्रस्तुत भिडियोमा लाजिमासँगै दिनेश गुरूङले पनि अभिनय गरेका छन् । 
 
निर्देशक सुब्बाले आफ्ना सन्तानको फिल्मप्रतिको झुकावमा खुसी व्यक्त गरेका छन् । हाल अमेरिकामा रहेका सुरजले छोरालाई निर्देशकको रूपमा नै चिनाउन चाहेको बताए ।