मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो `पलाँस` | रेखाको अवतार कस्तो होला ?

फिल्मीखबर, काठमाण्डौ, 2016/06/25
रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरका फिल्म नगर्ने बताउँदै आएकी अभिनेत्री रेखा थापाले कृषा चौलागाइले निर्माण गरेको फिल्म 'पलाँस'मा अभिनय गरेकी छिन् । जेठको पहिलो साताबाट सुरु भएको यो फिल्मको छायाँकन ३२ औं दिनमा सकिएको छ ।   
 
 
रेखाले फिल्मको कथावस्तु आफूलाई अत्यन्त मन परेकाले काम गरेको बताएकी छिन् । रेखाले यो फिल्मको निभाएको भूमिका अहिलेसम्म नगरेको दाबी गरेकी छिन् । निर्माता कृषाले रेखाको बारेमा भनिन्–‘रेखा थापालाई दर्शकले नयाँँ अवतारमा देख्नुहुनेछ ।'
 
फिल्ममा रेखा थापाको साथमा कामेश्वर चौरासिया, अयुब केसी मुख्य भूमिकामा छन् । सुवास कोइरालाले निर्देशन गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत छ ।