
२०१६मा बलिउडका लागि यो खास खबर हो । बलिउड मिडियाले हरेक दिन कुनै न कुनै नयाँ रहस्य भेटेरै छाड्छन् जबसम्म रणवीर र कट्रिनाले नयाँ साथी भेटाउँदैनन् वा बिहे गर्दैनन् । बलिउड च्यानल आजतकले आज रणबीर र कट्रिनाको ब्रेक अपका लागि नयाँ अनुहार प्रवेश गराएको छ र ति अनुहार हुन् आलिया भट्ट ।

निर्माता छविराज ओझा फिल्म नगरीका बाघ निर्माताको रुपमा चिनिन्छन् । तर, अब छविलाई वाघ बनेर सधै अरुको अगाडि सफल बन्न त्यति सजिलो छैन । यसको मुख्य कारण हो, अरु निर्माताको लोकप्रियता र चर्चा । चैत्र २६ गते निर्माता ओझाले आफ्नो नयाँ फिल्म ‘किस्मत २’ रिलिज गर्ने बताउँदै आएका छन् ।

अभिनेत्री नम्रता श्रेष्ठको प्रेम जीवन चर्चित हुन्छ । नम्रताको जीवनमा कुनै न कुनै यूवाले स्थान बनाइरहेका हुन्छन् । रेमन श्रेष्ठसँग अलग भएपछि प्रेम घलेको जीवनमा नम्रता प्रवेश गरिन् । मलेसियामा बस्दै आएका प्रेम र नम्रताको प्रेम पनि चर्चित बन्यो । तर, दोश्रो प्रेम पनि पूर्ण असफल भएपछि सायद नम्रता अब यसलाई गसिप र चर्चाको कारण बनाउन चाहन्नन् ।

मीठो संगीत, इमोसनल कथा र मन छुने संवाद ‘नाई नभन्नू ल’ सिरिजका विशेषता हुन् । अझ संगीत त फिल्मको मुटुनै भनेपनि हुन्छ । कथालाई अभिव्यक्त गर्ने हिसाबले आउने गीतले ‘नाई नभन्नु ल’का हरेक सिरिजलाई दर्शक माझ प्रतिच्छित बनाउन मद्धत गरेका छन् । यसअघि एउटा गीत दर्शक माझ छाडेर दर्शक माझ बलियो उपस्थिति जनाईसकेको फिल्म ‘नाई नभन्नू ल ४’ ले शुक्रबार दोस्रो गीत सार्वजनिक गरेको छ ।

चैत्र ५ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म 'भाग सानी भाग'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । केकी अधिकारी र सबिन श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म ग्रामिण परिवेशमा आधारित छ ।

माघ २९ गतेबाट प्रदर्शनमा आउँदैछ फिल्म ‘क्लासिक’ । यो फिल्मलाई लिएर अहिले सिंगो फिल्म नगरि चर्चामा छ । फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि ‘क्लासिक’बाट आशावाद छन् । निर्माता सुवास गिरीदेखि निर्देशक दिनेश राउतका लागि पनि ‘क्लासिक’ विशेष छ ।

