मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ईन्टरनेटमा रिलिज भयो श्रीकृष्णको अन्तिम फिल्म 'कोहिनुर' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/06/25
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म 'कोहिनुर' ईन्टेनेटमा रिलिज भएको छ । शनिबार अन्तिम च्यारिटी शो राजधानीको बिग मुभिजमा सम्पन्न भएसँगै फिल्मको औपचारिक ईन्टेनेट रिलिज गरियो ।
 
बर्ष २०७० मा रिलिज भएको 'कोहिनुर' ले नेपाली बक्सअफिसमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड पनि राखिसकेको छ । रिलिजको क्रममा नै अभिनेता श्रीकृष्णको निधन भएको थियो । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन् । 
 
देश विदेशमा सम्पन्न प्रदर्शनीबाट सुखद समिक्षा पाएको तथा उल्लेख्य दर्शकको मन जितेको फिल्ममा श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का लिड रोलमा छन् । श्री फिल्मका प्रस्तुतकर्ता पनि हुन् । 
 
यसअघि ईन्टरनेट रिलिजको औपचारिक घुम्टो भने अर्थमन्त्री विष्णु पौडेलले खोलेका थिए । कार्यक्रमा बोल्दै श्वेताले श्रीमान श्रीकृष्णको सपना पुरा गर्ने बाटोमा आफु रहेको भन्दै बाँकी सपना पुरा गर्नमा आफ्नो अग्रसरता रहने बताईन् ।
 
हेर्नुहोस पुरा फिल्मः