
बैदेशिक रोजगारको कथाव्यथा बोकेको चलचित्र ‘राहदानी’को बिदेश प्रिमियर मलेशियामा गरिएको छ । डब्बु क्षत्री निर्देशित यो चलचित्रको मलेशियाको राबाङ स्थित डिजिटल सिनेमा राबाङ हलमा चिनियाँ नयाँ वर्षको अबसरमा पहिलो प्रदर्शनी गरियो ।

दुई महिना अघिदेखि नै बलिउडमा जाने चर्चा चलेसँगै अन्ततः नायक रेश मरहट्ठा बलिउड फिल्ममा अभिनय गर्दैछन् । उनको बलिउड जाने चर्चा भने पहिलेदेखि नै चलेको थियो । नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको सायद यो नै पहिलो पटक हो । हिन्दी फिल्म 'पारानर्मल' मा उनको मुख्य भूमिका रहेको छ ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्म ‘क्लासिक’मा यी दुई कलाकार र उनीहरुको कामलाई हेर्न कुनै पनि वर्गका दर्शकलाई रोकतोक नलाग्ने भएको छ ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अहिलेसम्म फिल्मको पर्दामा अंगप्रदर्शन गरेकी छैनन् । अधिकांश बलिउड अभिनेत्रीहरुले पर्दामा विकिनी लगाएर शरीर शो गरिरहँदा सोनाक्षी भने सारीमा अडकिएकी छिन् ।

कुनै समय कलाकारितामा नै सक्रिय बन्दै जीवन बिताउँछु भनेर लागेका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती सुशील कोईरालाको गएराती निधन भएको छ । निमोनियाको कारण कोईरालाको आफ्नै निवासमा राती १२ बजेर ५० मिनेट जाँदा निधन भएको हो ।

बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'ईयरलिफ्ट' ले बक्सअफिसमा २ सय प्रतिशत बढिको नाफा कमाएको छ । दोश्रो हप्तामा प्रदर्शनरत यो फिल्मले अहिलेसम्म १ सय २१ करोडको बिजनेश गरेको छ । फिल्म अहिले पनि हलमा दर्शकको राम्रो साथका बीच चलिरहेको छ ।

