मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवौं नेफ्टा अवार्डको मिति घोषणा, यो पटक पनि विदेशमा हुने

फिल्मीखबर, काठमाडौं, 2016/07/19
नवौं अन्तराष्ट्रिय नेफ्टा फिल्म अवार्डको मिति घोषणा भएको छ । चलचित्र प्राविधिक संघले गर्ने अवार्ड आगामी कात्तिक २५ (नोभेम्बर १०) मा आयोजना हुने भएको छ । 
 
यसपटक पनि अवार्ड विदेशमै आयोजना हुने अध्यक्ष पुष्कर लामाले बताए । अवार्ड आयोजना स्थलको घोषणा भने उत्कृष्ट पाँच मनोनयन सार्वजनिकको अवसरमा प्रकाशमा ल्याइने भएको छ । 
 
२०७२ बैशाख १ गतेदेखि चैत मसान्तभित्र प्रदर्शनमा आएका फिल्मलाई अवार्डमा सहभागि गराइने भएको छ । 
 
यसका लागि निर्माताले साउन २१ गतेभित्र आफ्नो फिल्म नेफ्टाको बागबजारस्थित कार्यालयमा बुझाइसक्नुपर्ने छ । यसअघि मलेसिया, हङकङ र कतारमा अवार्ड गरिसकेको नेफ्टाले यसपटक पनि विदेशमा अवार्ड गर्ने सिलसिलालाई निरन्तरता दिनेभएको छ । 
 
नवौं संस्करणमा नेफ्टाले अवार्डको नाममा अन्तराष्ट्रिय शब्द थपेको छ । ‘यस अवार्डलाई हामीले नेपाली सिनेमाको अन्तराष्ट्रियकरणमा आयाम थप्ने अवसरको रुपमा लिँदैछौं’ अध्यक्ष लामाले भने । 
 
यसपटक सयभन्दा बढी नेपाली कलाकार, प्राविधिक, फिल्म निर्माता, पत्रकार लगायत अवार्डमा सहभागि हुने नेफ्टाले जानकारी दियो ।