
फिल्म 'क्लासिक' को शुक्रबार बिहान राजधानीमा प्रेस शो गरिएको छ । कुमारी हलमा आयोजित शो मा सञ्चारकर्मीहरुले फिल्म युनिटसँगै बसेर फिल्म हेरे । लिड कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ तथा निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत लगायत केहि फिल्मकर्मीहरु शो मा उपस्थित थिए ।

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तीन नेपाली फिल्म रिलिज भएका छन् । बहु प्रतिच्छित मानिएका तीन फिल्म 'प्रेमगीत', 'क्लासिक' र 'चलेछ बतास सुस्तरी' एकसाथ प्रदर्शनमा आएका हुन् । रोमाञ्चक कुरा के छ भने तीन फिल्मको नै जनरा एक हो ।

यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'प्रेमगीत'को बुधबार राजधानीमा भब्य प्रिमियर गरियो । टेलिभिजन लाईभ सहित सम्पन्न प्रिमियरमा कलाकर्मीको रेड कार्पेट फेशन स्टेट्मेन्टले राम्रो चर्चा त पायो नै फिल्म हेरिसकेपछि पनि धेरैले मन छोएको बोले ।

फिल्म 'प्रेमगीत'को राजधानीमा बुधबार भब्य प्रिमियर गरिएको छ । जय नेपाल हलमा गरिएको रेड कार्पेट प्रिमियरमा सेलिब्रेटीहरुको फेशन स्टेटमेन्ट हेर्न लायल थियो ।

पर्दामा अभिनय गरेर दर्शकलाई हँसाउन भन्दा रूवाउने बलियो पात्रको रूपमा चिनिने अभिनेता हुन्, आर्यन सिग्देल । द्धन्दात्मक फिल्म भन्दा मायाप्रेम बिछोडका फिल्ममा कुशल अभिनय गर्न सक्ने आर्यनले दर्शकलाई रूवाउने उद्देश्य भने नलिएको बताउँछन् ।

नेपालमा सर्वाधिक कमाई गरिरहेको फिल्म ‘नाई नभन्नु ल ४’ को मुख्य अभिनेता हुन् पल शाह । म्यूजिक भिडियोमा हिट भएपछि पललाई निर्देशक विकास आचार्यले फिल्ममा लिएका थिए । विकासलाई पलको भिडियो क्रेजले फिल्मको व्यापारमा काम गर्छ भन्ने सोच छ ।

