मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो म्युजिक भिडियो अवार्ड युएईमा पक्का

फिल्मीखबर, काठमाडौं, 2016/07/19
नेपालमै पहिलो दाबी गरिएको 'नेपाली म्युजिक भिडियो अवार्ड २०७३' युएईको अबुधाबीमा हुने भएको छ । सेप्टेम्बर ९ अर्थात नेपाली मिति अनुसार भदौको २४ गते अवार्ड समारोह गर्ने नेपाली आयोजक र युएईको टिमबीच सहमति भएको हो ।
 
 
यसअघि आफ्नो कार्यकालमा विदेशी भुमिमा लगातार तीन पटक नेफ्टा अवार्ड गरिसकेका प्राविधिक संघका पुर्व अध्यक्ष मनोज केसी नेतृत्वको संगिक्षा फिल्मस् ईन्टरटेन्मेन्टको तर्फबाट हुन लागेको अवार्ड समारोहमा युएई स्थित नमस्ते ट्राभल्स प्रालीले सहकार्य गरेको छ । 
 
 
कार्यक्रमको तयारी सँगसँगै कार्यक्रम स्थल अवलोकन तथा मिति तय गर्नको लागी केहि दिन पहिले मनोज केसीसहित जुरी संयोजक भरतकुमार शाक्य र रंग पत्रकार (फिल्मीखबरकर्मी) बैकुण्ठराज पराजुली युएई पुगेका थिए । 
 
अबुधाबी स्थित 'अबुधाबी फल्कलोन एण्ड थियटर सोसाईटी'को हलमा कार्यक्रम हुनेछ । संगिक्षा फिल्मस् र नमस्ते ट्राभल्सबीच अवार्ड गर्न बारेमा भएको पहिलो चरणको सहमती पत्रमा नेपाली टिमको तर्फबाट कार्यक्रम संयोजकको जिम्मा पाएका बैकुण्ठराज पराजुली र युएईको टिमको तर्फबाट अशोक बानियाँले हस्ताक्षर गरे ।
 
युएईमा कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउनको लागी  लामो समयदेखि युएईमा सकृय महेश गिरी, भिम श्रेष्ठ र अशोक बानियाँको टिम लागिरहेको छ । महेश गिरीकै सकृयतामा अवार्ड युएइमा गर्नको लागी पाईला अघि बढेको थियो । 
 
दुई टिमबीच मध्यस्तकर्ताको काम भने पप गायक राजेश हमालले गरेका हुन् । 
 
नेपाली गीत संगीत तथा भिडियोहरुको स्तर उन्नती तथा विश्वव्यापी बनिरहेको नेपाली म्युजिक भिडियोतर्फ थप आकर्षण बढाउने हेतुले तथा भुकम्पपछि विदेशमा नेपाली भुमीको बारेमा भएको गलत प्रचारको लाई चिर्दै नेपाल सुरक्षित भन्ने किसिमको सन्देश दिन विदेशमा अवार्ड समारोह गर्न लागेको संगिक्षा फिल्मस् प्राली केसीले बताए ।
 
यसैबीच १८ विधामा यसअघि मनोनयन सार्वजनिक भईसकेको अवस्थामा डायस्पोरामा बनिरहेका भिडियोहरुलाई स्थान दिने उद्धेश्यले विशेष अबसर प्रदान गर्दै दुबईमा पछिल्लो दुई वर्षयता निर्माण भएका भिडियोहरुसँग सम्वन्धित विभिन्न विधाको लागी भने निश्चित समयावधि  तोकेर पुनः नोमिनेशन खुला गरिएको आयोजकले बताएको छ ।
 
यसैबीच अवार्ड समारोहमा पछिल्लो एक बर्षमा प्रदर्शनमा आएका व्यवसायिक रुपमा सफल फिल्मसँग सम्बन्धित कलाकार, निर्माता निर्देशकलाई सम्मान गरिने समेत आयोजकले बताएको छ ।