

हाँस्य कलाकार दिपाश्री निरौला निर्देशक रहने गरी दिपकराज गिरी तथा दिपाको टिमअपको नयाँ फिल्म 'लप्पन ६प्पन' निर्माण घोषणा गरिएको छ । सरस्वती पूजाको अबसर पारेर निर्माता रहेका दिपकले सामाजिक सञ्जालबाट यो कुराको सार्वजनिक गरेका हुन् ।

यो हप्ता प्रदर्शनमा आएका तीन फिल्म मध्ये दुई फिल्मको बिजनेश आक्रामक रहँदा अर्को फिल्म 'चलेछ बतास सुस्तरी'ले भने हल पनि धेरै पाउन सकेन् । काठमाडौं तथा मोफसलका गरेर एक दर्जन जति मात्रै हलमा प्रदर्शनमा आएक यो फिल्ममा दर्शकको साथ मध्यम छ ।

शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये 'प्रेमगीत' र 'क्लासिक'ले शनिबार दर्शकको राम्रो साथ पाएका छन् । काठमाडौं सहित मोफसलमा अधिकांश हलमा दर्शक उर्लिए । दुबै फिल्मले बिहानी तथा दिवा शो मा हाउसफुल बिजनेश गर्दा सांझको शो मा पनि दर्शकले उत्तिकै साथ दिएका छन् ।


शुक्रबार रिलिज फिल्मले पहिलो दिनको सुरुवाती शो मा दर्शकको कस्तो साथ पाए त ? फिल्मकर्मी तथा फिल्म शुभचिन्तकहरुको लागी धेरै कौतुहलताको विषय हो । तीन फिल्म 'क्लासिक', 'प्रेमगीत' र 'चलेछ बतास सुस्तरी' एकसाथ रिलिज हुँदैगर्दा दर्शक बाँडिनु स्वभाविक भए पनि भिडन्त रोमाञ्चक बनेको छ ।

