
पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित 'गहराई'का केहि श्रृंखला आउने बताएका छन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बाटो मुनिको फूल २'ले पहिलो हप्ताको प्रदर्शन चलिरहँदा करोड बढिको विजनेस गरेको छ । फिल्मका वितरक तथा हल सञ्चालकहरु बाट प्राप्त रिपोर्ट अनुसार फिल्मले १ करोड बढिको विजनेस गर्न सफल भयो ।

फिल्म रिलिजपछि या रिलिजको छेकोमा निर्माण टिम अनि कलाकारहरुबीच वैमनस्यता आउने, विवाद पर्ने कुरा नेपाली फिल्म उद्योगको लागी नौलो होईन् । यो प्रकारको घटना समय समयमा आईरहँदा पछिल्लो रिलिज 'प्रेमगीत' टिममा पनि विवाद उत्पन्न भएको छ ।



फिल्म निर्देशक भन्दा पनि नृत्य निर्देशनमा नाम कमाएका दिनेश पाख्रिनले किशोर किशोरीको प्रेमकथालाई जोडेर 'टिनएज' बनाउने घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणासँगै मुहर्त सट लिईयो ।

