Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14869 - 14874 of 23747
रेम बिक, पोखरा, 2016-02-25, बिहिवार

प्रथम गुरुङ अवार्डको तयारी पुरा भएको छ । आयोजक जक्शन डटकमले आगामी फागुन १५ गते पोखरामा हुने अवार्डका सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । यसअगाडि दुई दिनसम्म हुने भनिएको अवार्ड वितरण कार्यक्रम अब एक दिनमात्रै हुने पनि आयोजकले जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-02-25, बिहिवार
राजनैतिक खिचातानीले देशको समग्र अवस्था कमजोर भइरहेको बेलामा देशको चिन्ता गर्नेहरु बढ्दै गएका छन् । मुलुकको समग्रस्थिति कमजोर भएको भए पनि राष्ट्रियताप्रति समर्पित भन्दै एक समूह `मेरो देश` बनाउन लागिरहेको छ ।  
 
फिल्मीखबर, काठमाडौं, 2016-02-25, बिहिवार

सविन श्रेष्ठ एक व्यस्त अभिनेता । फिल्मी क्यालेण्डर हेर्ने हो भने अबका केहि हप्ता उनी पर्दामा छाईरहनेछन् । फिल्म चलुन् या नचलुन् तर एकपछि अर्को फिल्म गरेर सविन पर्दामा आईरहनेछन् । यो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'खुर्पा'मा उनि लिड रोलमा छन् ।

एजेन्सी, मुम्बई, 2016-02-25, बिहिवार

बलिउड अभिनेता सञ्जयदत्त जेलमुक्त भएका छन् । सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका उनी सजाय सकिएसँगै बिहिबार बिहान जेलबाट बाहिरिएका हुन् । पुणेस्थित यरवडा जेलबाट बाहिरिँदै गर्दा सञ्जयले जेललाई सलाम ठोके ।

फिल्मीखबर, काठमाडौं, 2016-02-25, बिहिवार

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल चलचित्र विकास कम्पनी लिमिटेडलाई लिजमा दिएको बालाजु औद्योगिक क्षेत्रको जग्गामध्ये १२ रोपनी जग्गा फिर्ता लिएको छ । कम्पनीलाई अघिल्लो वर्ष लिजमा दिएको २६ रोपनी १२ आना जग्गामध्येबाट १२ रोपनी जफत गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-02-25, बिहिवार

फागुन २१ मा दुई फिल्मको रिलिज पक्का हुँदा निर्देशनको पाटोबाट दिनेश डिसी र भुवन केसीको भिडन्त मात्रै हुँदैछैन्, युवा स्टारको उपमा पाईसकेका भुवनपुत्र अनमोल केसी र डिसीले भित्र्याएका नयाँ अभिनेता आमेश भण्डारीको पनि पर्दामा राम्रो प्रतिस्पर्धा हुनसक्छ । व्यापारिक रुपमा जसले बाजी मारेपनि अभिनयगत हिसाबले को दमदार देखिन्छ त्यो हेर्न लायक हुनेछ ।

Results : 14869 - 14874 of 23747
Most Visited News (monthly)