Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14863 - 14868 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-02-27, शनिवार

 प्रदिप खड्का र पूजा शर्माको प्रेमिल जोडीको अनस्कृन रोमान्स दर्शकले राम्रै रुचाएका छन् । तेश्रो हप्ताको शनिबार पनि फिल्मले धेरै हलहरुमा हाउसफुल बिजनेस गरको निर्माण कम्पनिले बताएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-02-27, शनिवार

प्रदर्शनको तेस्रो हप्ता प्रवेश हुँदा फिल्म 'क्लासिक'ले दर्शकको साथ कायमै राखेको छ । राजधानीका केहि हलमा फिल्मले शनिबार हाउसफुल बिजनेस गर्यो । फिल्मीखबरकर्मी गोपिकृष्ण हल पुग्दा हाउसफुल बिजनेस भेटेका निर्माता सुबास गिरी हर्षित मुद्रामा देखिए ।

फिल्मीखबर, काठमाण्डौ, 2016-02-27, शनिवार

शनिबार परेको जन्मदिनमा उनले रिलिजको क्रममा रहेको फिल्म 'हाउ फन्नी'टिमसँग केक काटिन् । प्रियंकाले केक काट्दा हाउ फन्नी टिमसँगै चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायतले सँगसँगै 'ह्याप्पी बर्थडे प्रियंका' बोले ।

फिल्मीखबर, काठमाडौं, 2016-02-26, शुक्रवार

कम बजेटमा पनि राम्रो अनि स्तरिय फिल्म बनाउन सकिन्छ भनेर प्रमाणित गरेका निर्देशक दिपेन्द्र के खनाल फेरी एकपटक सफल बने । सिगल थिएटरमा जम्न नसकेको यो फिल्मले मल्टिप्लेक्समा राम्रो दर्शक बटुल्यो । पहिलो हप्ता भन्दा दोश्रो हप्ता फिल्मले माउथ पब्लिसिटीले दर्शक बढायो ।

फिल्मीखबर, काठमाडौं, 2016-02-26, शुक्रवार

पछिल्लो समय अभिनेत्रीहरुले गायनमा रुची बढाउँदै गर्दा रेखा थापादेखी प्रियंका कार्की हुँदै पूजा शर्मासम्मले गायनमा पाइला अघि बढाए । यो भिडमा अर्की अभिनेत्री नम्रता श्रेष्ठ पनि थपिएकी छिन् । नम्रताले पछिल्लो रिलिज आफ्नै फिल्म 'क्लासिक'को कभर सङ्ग गाएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-26, शुक्रवार

सुदर्शन थापाले निर्देशनमा हात हाल्दै ५ बर्ष पहिले  'मेरो एउटा साथी छ'मा एक्शन कट गर्दा पहिलो पटक नै उत्कृष्ट ठहरिए । डेब्यु निर्देशकको अवार्ड मात्र पाएनन् उनको कामको चौतर्फी तारिफ पनि भयो । एक समय थियो, राम्रो फिल्म बनाउँछु अनि राम्रो फिल्मममा लगानी गर्छु भन्ने निर्माताहरु सुदर्शनसँग ठोक्किन पुग्थे ।

Results : 14863 - 14868 of 23747
Most Visited News (monthly)