मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

फर्स्टलुक तश्विरमा हेर्नुहोस निखिल,वेनिशा र अनुपको 'किङ' लुक्स

फिल्मीखबर, काठमाडौं, 2016/08/05
स्टार अभिनेता निखिल उप्रेती स्टारर फिल्म 'किङ'को फर्स्टलुक तश्विर सार्वजनिक भएको छ । दुई महिना पहिले जस्तो छायाँकन गसकाईएको फिल्मका सबैजसो दृश्य गोप्य राख्दै निर्माण टिमले केहि पनि बाहिर ल्याएको थिएन् । 
 
 
दशैको छेकोमा असोज २१ मा रिलिज हुने फिल्ममा निखिललाई केहि भिन्न अबतारमा देख्न सकिन्छ । निखिलसँगै अनुपविक्रम शाही, र वेनिशा हमाल स्टारर फिल्मका सार्वजनिक दृश्यले नै फिल्म निकै 'रिच' रहेको बुझ्नसकिन्छ । सार्वजनिक स्थिर दृश्यबाट नै फिल्मप्रति आशा गर्ने धेरै ठाउँ छन् । 
 
 
त्यसो त निर्माता जयन श्रेष्ठले यसअघि नै मेकिङमा कुनै कन्जुस्याईं नगरेको भन्दै उत्कृष्ट फिल्म बनेको दाबी गर्दै आएका छन् । जगन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।
 
 
काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ  ।
 
 
नृत्य निर्देशन भने रामजी लामिछानेको छ भने माथी उल्लेखित ती कलाकारसँगै रुपा राना अनि प्रस्तुतकर्ता जगन श्रेष्ठ स्वयम अभिनयमा छन् । फिल्मलाई सञ्जय लामाले खिचेका हुन् ।