
मुम्बईस्थित होटल ग्रान्ड हायातमा बलिउड फिल्म उद्योगका कलाकारहरु मनिषा कोइराला, गोविन्दा, मुरलीधर, उदितनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

बलिउड स्टार अक्षयकुमार र रजनिकान्त स्टारर फिल्म 'रोबोट २' को सुरुवाती बजेट ३ सय ५० करोड तय भएको छ । हिन्दी र तमिल भाषामा तयार हुने यो फिल्मको बजेट ऐतिहासिक भनिएको छ ।

यो शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'च्याम्पियन'क रिलिज पोष्टपोण्ड भएको छ । सेन्सरको लागी चलचित्र विकास वोर्डले अनुमति नै नदिएपछि फिल्मको रिलजि अनिश्चितकालको लागी रोकिएको हो ।

भारत भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका कलाकारहरुसँग साक्षात गर्ने कार्यक्रम पक्का भएको छ । भ्रमणमा निस्किनुपुर्व नै काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले बलिउड फिल्मकर्मीहरुलाई पनि भेट्ने भनिएपनि कार्यक्रम तय भएको थिएन् ।

नयाँ बर्ष २०७३ को छेकोमा प्रदर्शनमा आउने फिल्म 'रामप्यारी'को प्रचारको लागी निर्मात्री तथा अभिनेत्री रेखा थापा अहिले प्रचार प्रसारको सुरुवाति चरणमा व्यस्त छन् । केहि दिन पहिले नवलपरासी पुगेर क्यारेक्टर पोस्टर सार्वजनिक गरेकी रेखाको फिल्मको नयाँ गीत सार्वजनिक भएको छ ।

फागुन २१ गते दुई चर्चित फिल्म 'फुलैफुलको मौसम तिमीलाई' र 'ड्रिम्स' भिड्ने पक्का हुँदा यी दुई फिल्मको चर्चा व्यापक छ । अर्को तर्फ दुई चर्चित फिल्मकर्मी भुवन केसी र दिनेश डिसी एक अर्कासँग भिड्दै गर्दा यो बिषयले चर्चा पाउनु पनि स्वभाविक हो । यो बीचमा केसी र डिसीले एक अर्कालाई कटाक्ष पनि हान्न छाडेका छैनन् ।

