Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंकासँग निखिलको रोमान्स पक्का !

फिल्मीखबर, काठमाडौं, 2016/08/06
लेखक जगदिश्वर थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘राधे’ले अन्ततः कलाकार छनोट टुंग्याएको छ । निर्माता सुशील पोखरेलले फिल्ममा प्रियंका कार्की अनुबन्ध भएको पुष्टि गरे । फिल्ममा यसअघि नै निखिल उप्रेति, प्रमोद अग्रहरी र आशिष्मा नकर्मी फाइनल भइसकेका थिए । 
 
 
निखिल र प्रियंकाले एकसाथ स्कृन सेयर गर्न लाेको यो पहिलो पटक हो । फिल्ममा भदौको पहिलो हप्ता फ्लोरमा जानेछ ।  दुई दिन अगाडिमात्र अमेरिकाबाट फर्किएकी प्रियंकाले आए लगत्तै यो  फिल्म साइन गरेकी हुन् ।
 
५ वर्षपछि ‘भैरव’ मार्फत् कमब्याक गरेका निखिलको यो ५ औं फिल्म हो । उनले यही सालमात्र 'संरक्षण', किङ' र 'निर्भय'को सुटिङ सकाइसकेका छन् ।
 
यसअघि सुशील पोखरेलले थुप्रै नयाँ पूराना अनुहार हेरेपनि चित्त बुझाएका थिएनन् । पोखरेलले यसअघि निगरानी, बडीगार्ड, लभसभ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।
Most Visited News (monthly)