मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिराज र निशाको 'जय पर्शुराम', दोश्रो गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/05
यहि साउन २८ रिलिज फिल्म 'जय पर्शुराम'को दोश्रो गीत रिलिज भएको छ । युट्युव मार्फत निर्माण युनिटले फिल्मको दोश्रो गीत रिलिज गरेको हो । गीतमा लिड कलाकार बिराज भट्ट र निशा अधिकारी फिचरिङमा छन् । 
 
 
रामजी लामिछाने र बसन्त श्रेष्ठको कोरियोग्राफी समावेश 'सोझै हो' बोलको गीत सुन्दर लोकेशनमा दर्जनबढि कोरसका साथ खिचिएको छ । गीतमा दिपक लिम्बु र मिलन अमात्यको स्वर छ ।
 
गीतमा एकनारायण भण्डारीको शब्द तथा महेश खड्काको संगीत रहेको छ ।  रोज राणाको निर्माण निर्देशनमा तयार फिल्ममा बिराज र निशासँगै रविन तामाङ पनि लिड रोलमा छन् । एक्शनप्रधान फिल्ममा द्वन्द्व एनबी महर्जनको छ ।