Most Recent News Headlines
Results : 14857 - 14862 of 24290

फिल्मीखबर, काठमाडौं, 2016-08-10, बुधवार
मंगलबार रिलिज गरिएको फिल्म 'छक्का पञ्जा' को ट्रेलरले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ । २२ घण्टामा १ लाख २३ हजार बढिले हेरिसकेको ट्रेलर धेरैले मन पराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-08-10, बुधवार
फिल्म 'म त तिम्रै हुँँ'की निर्माता तथा कलाकार सुस्मिता केसीले आफ्नो फिल्म फ्लप भयो भन्नेलाई झापड हान्ने धम्की दिएकी छिन् । फेसबुक मार्फत आक्रोश व्यक्त गर्दै कान्तिपुर टेलिभिजनको रजतपट कार्यक्रमका निर्मातालाई आउँदो दिनमा आफ्नो बारेमा र फिल्मको बारेमा नकारात्मक टिप्पणी गरेको पाएमा हस्पिटलको बेडमा पुर्याउने धम्की दिएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-09, मंगलवार
'माईतिघर' फिल्मका निर्देशक वियस थापाको निधन भएको छ । मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा थापाले यो संसारबाट विदा लिएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-09, मंगलवार
अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म 'ए मेरो हजुर २' को लागी यसअघी 'ड्रिम्स' गर्ल साम्राज्ञी शाह अनुबन्ध भईकेकी थिईन् । लिड अभिनेताको रहने भन्ने अहिलेसम्म पक्का छैन् । तर एक अभिनेतामा भने सलोन बस्नेत फाईनल भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-09, मंगलवार
निर्माता, अभिनेता तथा हाँस्य कलाकार दिपकराज गिरीले नेपाली फिल्म निर्माताहरुमा 'जुत्ता व्यवसायीहरुको जस्तो एकता चाहिएको दाबी गरेका छन् । एकले अर्काको अस्थित्व स्विकार नगर्ने प्रवृति बढेको र यसले आम निर्मातालाई नै घाटा भईरहेको भन्दै कपडा तथा जुत्ता व्यवसायीहरुमा जस्तो एकता आवश्यक रहेको उनको कथन छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-09, मंगलवार
प्रतिच्छित फिल्म 'छक्का पञ्जा'को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले दर्शकको कौतुहलता मेट्दै ट्रेलर सार्वजनिक गरेको हो ।

