पुराना निर्देशक तुलसी घिमिरेको फिल्म 'दर्पण छायाँ २' को छायाँकन सकिएको छ । धापासीमा अन्तिम दृश्य क्यामेरा कैद भएसँगै फिल्मको सम्पुर्ण दृश्याङ्कन सकिएको हो ।
४५ दिनको सेड्यूअलमा फिल्मको छायाँकन सकिएको हो । फिल्ममा काठमाण्डौसँगै भक्तपुर, कालिङपोङ, दार्जलिङ लगायतका दृश्यहरु समावेश छन् ।
निर्देशक घिमिरेले पुरानो हिट फिल्म 'दर्पण छायाँ'को सिक्वेल मात्रै फिल्म भने अहिलेका नेपाली दर्शकलाई सुहाउँदो बनाएको दाबी गरेका छन् । फिल्ममा पुष्पल खड्का, साहरा र श्रद्धा प्रसाइको मुख्य भूमिका छ ।
दीलिप रायमाझी, निरुता सिंह, उत्तम प्रधानले स्थापित गरेको एक दशक पहिले रिलिज दर्पण छायाँ अहिले पनि धेरै दर्शकको मनमा ताजै छ । तर सिक्वेलमा पुराना कोहि पनि दर्शक समावेश छैनन् ।

