Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अन्ततः भदौ १७ मा तीन फिल्म मात्रै भिड्ने

फिल्मीखबर, काठमाडौं, 2016/08/07
भदौ १७ मा पाँच फिल्म रिलजि हुने चर्चाका बीच अन्ततः तीन फिल्म मात्रै आउने पक्का भएको छ । 'दि विनर' र 'स्काउट' प्रदर्शन हुने हल्लाबीच दुबै रिलिज नहुनेभएपछि अन्य तीन फिल्म मात्र भिड्ने भएका हुन् ।
 
 
तीन फिल्म हुन् सञ्चारकर्मी लक्ष्मण सुवेदीको दोश्रो निर्देशन रहेको 'लालजोडी' , निर्मल शर्मा निर्देशित दोश्रो फिल्म 'ब्रासलेट' र राजबहादुर साने निर्देशित 'बृन्दावन' । 
 
सामाजिक सञ्जाल क्याम्पियन अनि सार्वजनिक कमेडी ट्रेलरले तथा मनमा बसिहाल्ने शब्द रहेको 'क्या ब्यूटी' बोलको गीतका कारण सुवेदीको 'लालजोडी' चर्चामा रहेको फिल्म हो । भने पुराना अभिनेता रमेश उप्रेतीको कमब्याक भनिएको 'ब्रासलेट' पनि चर्चामै छ । 
 
त्यस्तै बाँदरले अभिनय गरेको भन्दै प्रचार गरिएको 'बृन्दावन' पनि प्रतिस्पर्धाको मैदानबाट टाढा हुन सकेन् । 'लालजोडी'मा नक्कली बाबुरामको रुपमा परिचित ज्योति काफ्ले, बुद्धी तामाङ, रजनि केसी लगायत सानोपर्दाका चर्चित कलाकार लिड रोलमा छन् भने 'लालजोडी'कै हिरोईन रजनी र रमेश उप्रेती 'ब्रासलेट'का लिड कलाकार हुन् । 
 
यस्तै 'बृन्दावन'मा शिल्पा पोखरेल र किशोर खतिवडा लिड रोलमा छन् । नारीको चाड तीजको छेकोमा एकसाथ प्रतिस्पर्धाको लागी तयार तीनै फिल्मको विजनेस कस्तो हुनेछ त्यो भने रिलिजको केहि दिनमै थाहा होला ।
Most Visited News (monthly)