Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेबिसंघ महाधिवेशनमा भिड्दै फिल्म क्षेत्रका तीन अनुहार

फिल्मीखबर, काठमाडौं, 2016/08/08
आईतबारबाट राजधानीमा सुरु भएको विधार्थी संगठन नेपाल विधार्थी संघको महाधिवेशनले विधार्थीहरुलाई मात्र तताएको छैन्  राजनीतिक संगठनमा जोडिएका फिल्म क्षेत्रका केहि अनुहारहरुलाई समेत छोएको छ । 
 
 
सोमबारबाट बन्दसत्र सुरु हुँदैगर्दा उमेद्वारी घोषणाको क्रम पहिलेदेखी नै सुरु भईसकेको छ । यो बीचमा 'सम्बोधन' फिल्मका निर्माता सरोज न्यौपाने र सोहि फिल्मका अभिनेता विनय भट्टले पदाधीकारीमा उमेद्वारी घोषणा गरेका छन् । न्यौपानेले केन्द्रिय उपाध्यक्षमा र भट्टले केन्द्रिय महामन्त्री पदको लागी उमेद्वारी घोषणा गरेका हुन् । 
 
 उपाध्यक्ष पदका उमेद्वार न्यौपाने कांग्रेस संसदिय दलकी सचेतक ईश्वरी न्यौपानेका छोरा हुन्। उनी यसअघि प्रदिप पौडेल नेतृत्वमा रहेको संघमा केन्द्रिय समिति सदस्य रहिसकेका छन्। हालै उनले हेमराज बिसीको निर्देशनमा 'ग्याङ्स्टार ब्लुज'को घोषणा गरेका छन्।
 
यस्तै भट्ट त्रिचन्त्र कलेजका स्ववियू सभापति हुन् । यस्तै 'कबड्डी कबड्डी' निर्माता रौनकविक्रम कंडेलले पनि ३ न प्रदेशबाट केन्द्रिय सदस्य पदको लागी उमद्वारी घोषणागरेर प्रचारमा लागेका छन् ।
Most Visited News (monthly)