हरेकजसो फिल्म रिलिजको लागी मुख्य हतियार भनेका उक्त फिल्मसँग जोडिएका कलाकार हुन् । तर फिल्म रिलिजको छेकोमा नै कलाकार भएनन् भने त्यो फिल्मलाई घाटा हुनेमा शंका छैन् ।
यस्तै भएको छ यहि हप्ता अर्थात साउ २८ रिलिज फिल्म 'जय पर्शुराम'लाई । रिलिजको लागी केहि दिनमात्र बाँकी रहँदा लिड हिरोईन निशा अधिकारी भने अमेरिका पुगेकी छिन् । पछिल्लो समय निर्देशक निर्माता रोज राणा र निशाको सम्बन्धमा दरार भएको गसिप चर्चा हुँदैगर्दा निशा अमेरिकातिर लाग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
प्रचारमा हिरोईन नै नहुँदा अहिले कमब्याक स्वरुप पर्दामा पुनरागमन गर्दै गरेका स्टार हिरो बिराज भट्ट एक्लै दौडधुपमा छन् भने सँगसँगै निर्देशक रोज पनि लागिपरिरेका छन् । निशा भने रिलिजको फिल्मलाई भन्दा फग फिल्म फेस्टिभललाई प्राथमिकता दिँदै अमेरिका हानिएकी हुन् । त्यसो त निशाले यो प्रकारको धोका निर्माताहरुलाई दिएको भने नौलो होईन् ।
मिडियामा तथा दर्शकमाझ समेत 'जय पर्शुराम' को एक प्रकारको हाईप बनिरहँदा बर्षकै आशातित फिल्मको दर्जामा परिसकेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्दैछन् ।

