Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14689 - 14694 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-04-24, आईतवार

आगामी जेष्ठ १४ गते बाट प्रदर्शनमा आउने फिल्म 'बेष्ट फ्रेन्ड फर ईभर' को फर्स्टलुक तथा ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच युवा निर्देशक उत्सव थपलियाले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फर्स्टलुक पोस्टर सार्वजनिक गरियो ।

एजेन्सी, मुम्बई, 2016-04-24, आईतवार
 प्रतिच्छित बलिउड फिल्म 'हाउसफूल ३' को ट्रेलर सार्वजनिक भएको छ । स्टार अभिनेता अक्षयकुमार स्टारर फिल्मको सार्वजनिक ट्रेलरलाई मसलेदार बनाईएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-04-24, आईतवार

निर्देशक तथा अभिनेता आकाश अधिकारीले आफ्नो सामाजिक संस्था आशाको ज्योती मार्फत नुवाकोटको थान्सिङ्ग, ५ मा पक्की ५ कोठे विद्यालयको भवन निर्माण गरेका छन् । श्री कालिका देवी प्राथमिक विद्यालयको उक्त पक्की भवनलाई निर्देशक अधिकारीले शनिबार हस्तान्तरण गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-04-24, आईतवार

बैशाख १० बाट प्रदर्शनरत फिल्म ‘हाउ फन्नी’ले दुई दिनमा ५० लाखको ग्रस गरेको निर्देशक निलु डोमा शेर्पाले जानकारी गराएकी छिन् । । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीका हलहरुमा अकुपेन्सी ७० देखि ९० प्रतिशतसम्म पाएको यस फिल्मले शनिवार भने हाउसफुलको ब्यापार गर्न सफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-23, शनिवार

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बाटो मुनिको फूल २'को शनिबार राजधानीमा च्यारिटी बेसको स्पेशल शो सम्पन्न भयो । जागरण मिडियाको तर्फबाट आयोजित शो मा फिल्मका प्रायः सबै कलाकार अनि निर्माण उपस्थित हुँदा निर्देशक सुवर्ण थापा भने आएनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-04-22, शुक्रवार

दर्शकमा पहिलो पटक 'हँसिया' फिल्मबाट नोटिस भएका खलपात्र अनुपबिक्रम शाही निखिल उप्रेती लिड अभिनयमा रहने फिल्म 'किङ'मा अनुबन्ध भएका छन् । निर्देशक सविर श्रेष्ठले यो कुराको पुष्टि गरे ।

Results : 14689 - 14694 of 23747
Most Visited News (monthly)