मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खुल्यो लालपुर्जाको सस्पेन्स, रिलमा पनि सौगातकी हिरोईन सृष्टि !

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016/09/27
केहि दिन पहिले राजधानीमा निर्माण घोषणा गरिएको फिल्म 'लालपुर्जा'मा अभिनेता सौगात मल्लसँग दुई हिरोईनले रोमान्स गर्ने जानकारी गराईयो । अभिनेत्री थिईन मेनका प्रधान र डेब्यू गर्दै गरेकी मेरिना मगर । 
तर निर्माता टेकेन खड्काले सोमबार फिल्मको छायाँकन सुरु भएसँगै रहस्योद्घाटन गरेका छन् कि फिल्मकी लिड हिरोईन 'गाजलु' डेब्यू अभिनेत्री सृष्टि श्रेष्ठ हुन् । फिल्मको सुटिङ सुरु हुँदै गर्दाको सामुहिक तश्विर सेयर गर्दै निर्माता खड्काले सृष्टि पनि फिल्ममा रहेको खूलाएका हुन् । 
यो विषयमा अर्का निर्माता माधव वाग्लेसँग फिल्मीखबरले कुरा गर्दा वाग्लेले सृष्टिको सस्पेन्स पछि खोल्ने आफुहरुको रणनीति नै रहेको बताए । सृष्टि नै लिड हिरोईन हुन् तर हामी केहि पछि मात्र यो कुरा खुलाउने सोचमा थियौं, वाग्लेले भने । 
त्यसो त सौगात र सृष्टि अफेयरमा रहेको समाचार फिल्मीखबरले हलमा फिल्म हेर्न पुग्दाको प्रमाणसहित आईतबार प्रकाशित गरेको थियो । त्यसयता यी दुई मिडियामा चर्चामा रहँदा कतै सौगातकै कारण सृष्टि 'लालपुर्जा'मा जोडिएकी त होईनन् भन्ने समेत चर्चा सुरु भएको छ । 
 
फिल्मको अहिले भक्तपुरको सुर्यविनायकमा छायाँकन चलिरहेको छ । निगम श्रेष्ठले निर्देशन गरिरहेको फिल्ममा कामेश्वर चौरासिया, कमलमणी नेपाल लगायत पनि लिड रोलमा छन् । काठमाडौंको केहि दिनको छायाँकन सकाएसँगै निर्माण टिम लमजुङ प्रस्थान गर्नेछ ।