मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

फक्रिँदै प्रेमः फिल्म हलमै सौगात र सृष्टिको डेटिङ !

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016/09/25
तश्विरमा हल छिर्दै गर्दा सौगात र सृष्टि
 
सोनी केसीसँगको ब्रेकअप पछि अभिनेता सौगात मल्ल अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अफेयरमा रहेको गसिप बजारमा राम्रै चर्चा चल्यो । पोखरामा सुटिङ सेटमै सौगात भेट्न सृष्टि पुगेको देखी काठमाडौंमा अनेक ठाउँमा भेट गरेको चर्चा चलिरहँदा  दुबैले मिडियामा भने प्रेममा नरहेको दाबी गर्दै आएका थिए । 
तर आईतबार यो सबैकुरा प्रष्टिएको छ कि सौगात र सृष्टि प्रेममा छन् । आईतबार दिउँसो दुबै जना राजधानीको कुमारी हलमा भेटिए  । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'झूम्की' को साढे तीन बजेको शो हेर्न दुबैजना हलमा पुगेका थिए । 
 
फिल्म सुरु भईसकेको १५ मिनेटमा हतारिँदै अनि कसैले नदेखोस जस्तो नियतमा पुगेका सौगात र सृष्टि टिकट काटे अनि सोहि पारामा हतारिँदै हलमा छिरे ।  टिकट काउण्टरमा सृष्टिले पैसा तिर्न खोज्दा बायाँ हातले रोक्दै दायाँ खल्तिबाट पैसा निकालेर सौगातले तिरेका थिए । 
 
सौगात रातो कलरको सर्टमा र कालो क्यापमा पुग्दा सृष्टि 'ब्राउन' कलरको टिसर्ट र जिन्स पेन्टमा थिईन् ।  हलमा छिर्दै गर्दा सेक्युरिटीले चेक जाँचको लागी रोके, सोहि समय सौगात छिरेकै ठाउँबाट पुरुष छिर्ने ठाउँबाटै सृष्टि पनि हलमा ईन्ट्री भईन् ।
 
त्यसपछि ४ बजेर १३ मिनेटमा सौगात एक्लै पुनः तल झरेर कोल्ड ड्रिङस र पपकर्न किनेर आफैले बोकेर हल छिरे । ईन्ट्रभलमा पनि बाहिर ननिस्केका दुबै जना फिल्म सकिएपछि पनि सोहि पाराले हतारिँदै हलबाट बाहिरिएका थिए । 
 
सृष्टि निकट श्रोतका अनुसार सौगातलाई आफ्नै गाडीमा लिएर सृष्टि फिल्म हेर्न पुगेकी थिईन् । सिटी सेन्टरको पार्किङमा गाडी रोकेर उनिहरु कुमारी हल पुगेको बताईन्छ। शुक्रबार मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा सृष्टिसँगको अफेयरको बारेमा मिडियाले गरेको प्रश्नमा उठबस गर्दैमा प्रेम नहुने बोलेका सौगात र सृष्टिसँगको रियल प्रेम आईतबारको दृश्यले छर्लङ्ग बनाएको छ ।
 
त्यसो त केहि हप्ता पहिले पनि सौगातकी पुर्व प्रेमी सोनी केसीले सृष्टिलाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेकी थिईन् । 'गाजलु' डेब्यू हिरोईन सृष्टिले फिल्म रिलिजको समयमा मिडिया माझ सौगात मल्ल मन पर्ने र उनिसँग डेट जान चाहेको ईच्छा व्यक्त गरेकी थिईन् । 
 
त्यस यता सृष्टिले नै सौगातलाई फलो गरेको र मायाँजालमा पारेको बताईन्छ । जुन कुरा पोखरामा यी दुईले गरेको भेट तथा काठमाडौंमा पनि एक फिल्मको सुटिङमा समेत ट्याक्सी लिएर सृष्टि पुग्दै भेटे गर्दै फर्किदै गरेको प्रसंगले सृष्टि र सौगातको प्रेम झाङ्गिँदै गरेको बुझ्न गार्हो छैन् ।
 
त्यसो र माथी उल्लेखित तश्विरमा सृष्टिले बालुवामा  लेखेको (एस लभ एस) अर्थात स प्रेम स सहितको दृश्यले पनि सौगातसँग सृष्टिको प्रेमको छनक दिन्छ ।