मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वुवा आमाको हातबार सार्वजनिक गरे राजेशपायलले 'दर्शन नमस्ते ३'

फिल्मीखबर, काठमाडौं, 2016/09/26
सुगम संगीत तथा चलचित्र पार्श्व गायनका वादशाह राजेशपायल राईले चर्चित अनि हिट एल्बम दर्शन नमस्तेको तेस्रो सिक्वेल सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच बुबा आमाको हातबाट राजेशपायलले 'दर्शक नमस्ते ३' सार्वजनिक गरे । 
 
 
गीतलाई विन्धवासिनी म्युजिकले बजारमा ल्याएको हो । विन्धवासिनीले १५ लाखमा दर्शन नमस्ते ३ को सबै डिजिटल अधिकार पनि किनेको छ । एल्बममा ९ वटा गीत समावेश छन् । प्रस्तुत गीतमा महेश खड्का, हरि लम्साल, सन्तोषराज, विनोद खम्बु, राई नविन र ईन्दिरा जोशीको संगीत छ । 
 
 
भने महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र केदार सुनुवारले  एल्बममा समावेश गीतको शब्द कोरेका छन् ।
 
कार्यक्रममा राजेशपायलले एल्बममा समावेश तीन गीत गाएर पनि सुनाए । यस्तै उनले विल्सन विक्रम राईको निर्देशनमा टाईटल गीतको भिडियो पनि तयार गर्ने तयारी भएको घोषणा गरे ।
 
नेपाली फिल्म उद्योगको गीत संगीतको लागी राजेशपायल राई सर्वोच्च नाम हो । उनले स्वर दिएका दर्जनौं फिल्मका दर्जनौं गीत दर्शक श्रोतामा लोकप्रिय छन् ।