
यो हप्ताको लागी शुक्रबारबाट प्रतिच्छित फिल्म 'जंगे' प्रदर्शनमा आएको छ । देशभरका ५० बढि पर्दामा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले शुक्रबारको बिहानी शो मा सन्तोषजनक विजनेस गरेको छ ।

देशको परिवर्तनको लागि अबको समयमा देशका हरेक युवा तथा नागरिकहरु सकारात्मक मिशन र एक्सन लिएर राष्ट्र निर्माणको लागि उभिनुपर्छ भन्ने मिशन बोकेको फिल्म 'एक्सन' आगामी जेठ गते देखि प्रदर्शनमा आउने भएको छ।

कान्छी महिला निर्देशक निलु डोमा शेर्पाको निर्देशन रहेको फिल्म ‘हाऊ फन्नी’ले ६ दिनमा १ करोड ५० लाखको कारोबर गरेको वितरकले जानकारी दिएका छन् । वितरक सुनिल मानन्धरले काठमाडौंबाट मात्र फिल्मले १ करोड हाराहारीको व्यापार गरेको बताए ।

'अन्तराल' अभिनेत्री अशिष्मा नकर्मी एकसाथ दुई फिल्ममा अनुबन्ध भएकी छिन् । सुशिल पोखरेलको फिल्म 'राधे'मा र सविन श्रेष्ठले बनाउन लागेको 'हिरो रिटर्न्स'मा लिड अभिनेत्रीमा अशिष्मा अनुबन्ध भएकी हुन् ।

रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशनमा बनेको फिल्म 'गाजलु' आउँदो जेठ २८ मा रिलिज हुँदैछ । नेपाल रिलिजको दिन गन्ति सुरु हुनै लाग्दा फिल्म सँगसँगै विदेश प्रदर्शनको अधिकार पनि बिक्री भएको छ ।

पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित 'गहराई'का केहि श्रृंखला आउने बताएका छन् ।

