मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देश विदेश जहाँ हुन्छु मेरो मन भित्र नेपाली फिल्मः जीवन लुईंटेल (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/27
'मिस्टर नेपाल २००२' को बिजेता बनेसँगै नायक जीवन लुईटेल ले मोड्लिङ मा करियर सुरु गरेका थिए । म्युजिक भिडियो हुँदै 'तिर्खा' फिल्म बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेका लुईटेल ले धेरै सफल फिल्म दिएका छ्न ।
 
 
'अन्दाज', 'नाइ नभन्नु ल','कसम हजुरको' , लगायतका फिल्म दिएका जीवनको करियरमा पछिल्लो समय केहि फ्लप फिल्मले धक्का दिएका छन् । सफलता र असफलता दुई पाटो बोल्ने उनि सबै कुरालाई स्विकार गर्छन् ।
 
असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'सुब्बा साब' को प्रमोशनमा व्यस्त रहेका नायक जीवन सँग फिल्मिखबरले कुराकानी जोडेको छ । स्वदेशमा भन्दा विदेशतिर बढी देखिने जीवन आफ्नो यात्रा नेपाली फिल्म कै लागी भएको बताउछन । देश होस या विदेश दौडाह म नेपाली फिल्मको लागी नै गरिरहेको हुन्छु ।
 
पारिवारिक फिल्ममा बढी देखिन रुचाउने जीवन यो फिल्ममा पनि एक कुशल छोराको रुपमा देखिन लागेको बताउछ्न । नायक जीवन लुईटेल सँग फिल्मिखबरले जोडेको कुराकानी तपाई भिडियोमा हेर्न सक्नुहुनेछ ।