नेपाली फिल्म 'सफर' असोज १४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । यही दौरानमा आईतबार राजधानिमा फिल्मले पत्रकार सम्मेलन आयोजना गरेको छ ।
सामान्यतया महङ्गो हल वा रेस्टुरेन्टमा गरिने पत्रकार सम्मेलनको प्रचलन तोड्दै फिल्मले सवारी पार्किङ स्थलामा पत्रकार सम्मेलन आयोजना गरेको छ । फिल्मको कथा पनि पार्किङ स्थलबाट नै सुरु हुने भएकाले यो नयाँ प्रयास गरेको निर्माण पक्षले बताए ।
असोज १४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल र नुर्जा श्रेष्ठको मुख्य भूमिका रहेको छ भने फिल्मलाई केशब खडकाले निर्माण गरेका हुन । कार्यक्रमको दौरानमा फिल्मिखबर ले निर्देशक आशिस श्रेष्ठ सङ्ग कुराकानी जोडेको छ ।
अमेरिकाबाट फिल्मको लागी नै नेपाल आएका उनले आफुले शुद्द अर्गानिक फिल्म बनाएको बताए । अब नेपाल मै बसेर अर्को फिल्म बनाउने योजना रहेको समेत उनले सुनाउन भ्याए । निर्देशक आशिस श्रेष्ठ सङ्ग फिल्मिखबरले जोडेको रमाईलो कुराकानी तपाई भिडियोमा हेर्नसक्नुहुन्छ:

