Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

ठुलोपर्दामा दिपक दिपाको सफलतामा ह्याट्रिक

फिल्मीखबर, काठमाडौं, 2016/09/29
दिपकराज गिरी र दिपाश्री निरौला नेपाली फिल्म तथा टेलि फिल्मको दर्शकको लागी नयाँ नाम होईन् । नेपालमा टेलिभिजन हेर्ने र फिल्म हेर्ने जो कोहि पनि यी दुई सहित कमेडियन टिमका केदार घिमिरे, सिताराम कट्टेल, जितु नेपाल लगायतका नामहरुबाट परिचित छन् । 
 
सानो पर्दामा जमेको यो टोलीले ठुलोपर्दामा पनि सफलतामा ह्याट्रिक गरेको छ । दिपक दिपा निर्माता बनेका तीन फिल्म नै सुपरहिटको सुचीमा परेका हुन् । दिनेश डिसीलाई लिएर 'छ एकान छ' बनाएका दिपक दिपा दोश्रो पटक उज्जल घिमिरे लिएर 'वडा नम्बर ६' बनाए भने तेश्रो पटक दिपा आँफै निर्देशक बनेर 'छक्का पञ्जा' तयार भयो फिल्म व्लकबस्टर बनिसक्यो । 
 
प्रदर्शनको तेश्रो हप्ता पार गर्दै गर्दा पछिल्लो रिलिज छक्का पञ्जाले ७ करोड बढिको विजनेस गरिसकेको छ । तीन फिल्म लगातार पर्दामा हिट हुँदैगर्दा दर्शक दिर्घामा पनि दिपक दिपाको टिमप्रति आशा गर्ने र वाही वाही दिने ठाउँ झनै बढेर गएको छ ।
 
तीन फिल्मको लगातार सफलताले धेरै बनेर फ्लप बनेका नेपाली कमेडी जनराका फिल्म निर्मातालाई झापड पनि परेको छ । दिपक दिपाले बनाएका सबै कमेडी फिल्म सफल हुने अरु नहुनुले सम्बन्धित फिल्म निर्माता निर्देशकले प्रस्तुत गरेको कन्टेन, कथा र पटकथा जस्ता हरेक पक्षमाथी प्रश्न पनि उब्जेको छ ।
Most Visited News (monthly)