फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।फिल्म हुन् अमेरिकामा छायाछकन गरिएको फिल्म 'सफर' र अर्को फिल्म 'सत्यदिप' ।
केशव खड्काको लेखन रहेको सफरलाई आशिष श्रेष्ठले निर्देशन गरेका हु्न । फिल्ममा सञ्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल र नुर्जा श्रेष्ठको मुख्य अभिनय रहेको छ । तीन जना साथी साथी बीचको यात्राको कथा बोलेको फिल्मले मुख्यतः युवा पुस्ता लक्षित छ ।
यस्तै एसआरबी फिल्मस् को प्रस्तुतीमा बनेको सत्यदिप फिल्मलाई प्रियंका श्रेष्ठ र प्रास्मा श्रेष्ठले बताएका हुन् । विनयराम श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा जोनी सिंह रानाजी, सविना केसी, श्याम केसी, सिमोन दाहाल, जीवन गिरी, रवि गिरी लगायत अभिनयमा छन् ।
यी दुईसँगै वलिउडको चर्चित अनि ट्रेलरले नै धमाका मच्चाएको क्रिकेटर महेन्द्रसिंह धोनीको बायोपिक फिल्म 'एम एस धोनी दि अन्टोल्ड स्टोरी' पनि प्रदर्शनमा आएको छ । फिल्मले स्पोर्ट्स ड्रामा बोल्छ । नेपाली मल्टिप्लेक्समा पनि फिल्मले राम्रो शो पाईसकेको छ । फिल्म भारतमा मात्रै पाँच हजार बढि स्कृनमा एकसाथ प्रदर्शनमा आएको छ ।