मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाकिस्तानमा भारतिय फिल्म प्रदर्शनमा रोक

एजेन्सी, मुम्बई, 2016/09/30
मिडियामा पाकिस्तानी कलाकारले भारत छाड्नु पर्ने कुरा चालिरहेको बेला भारतिय फिल्म पाकिस्तानमा प्रदर्शनमा रोक लगाईएको खबर बाहिरिएको छ । भारत र पाकिस्तान बिच चर्किएको आन्तरिक विवाद र सिर्जना भएको द्वन्द्वको चपेटामा फिल्मकर्मी परिरहेका छन् । 
 
 
कतिपय पाकिस्तानी कलाकारले भारत छाडी सकेका पनि छन् भने कति कलाकारलाई भारतबाट बाहिरिन दबाब समेत थपिएको छ । पाकिस्तानी कलाकारले भारत छाड्न  दबाब आईरहेका बेला पाकिस्तानले जबाफमा आफ्नु देशमा बलिउड फिल्म प्रदर्शनमा रोक लगाएको छ ।
 
पाकिस्तान वलिउड वक्सअफिसमा कमाई गर्ने तेश्रो मुलुकमा पर्ने गर्दछ । यसबाट बलिउड वक्स अफिसमा प्रत्यक्ष असर पर्ने त देखिन्छ नै सँगसँगै पाकिस्तानी कलाकारको वलिउडमा भविष्य के भन्ने समेत सवाल उठेको छ ।